सुरक्षा त्रासुका कारण कोभिड १९ मा औलोविरूद्धको औषधिको परीक्षणमा डब्ल्यूएचओद्वारा रोक

maitrinews

 

जेनेभा । औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड १९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ुअस्थायी रूपमाु रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले जनाएको हो।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड १९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको बताउनु भएका थियो ।