वीरगन्जमा दुई बालबालिकासहित २१ जना कोरोनामुक्त

maitrinews

 

पर्सा । पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका दुई बालबालिकासहित २१ जना कोरोनामुक्त भएका छन्।

निको भएपछि उनीहरूलाई मंगलबार राति डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ। जसमा १६ पुरुष र ४ महिला छन्। सबै जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्।

२४ घण्टाको अन्तरमा गरिएका पछिल्ला दुई पीसीआर परीक्षणका रिपोर्ट कोरोना नरहेको आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी दिएका छन्।

उनीहरूलाई गत वैशाख २७ र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

नारायणी उपक्षेत्रीय अस्पतालको क्षमताले नभ्याएपछि त्यहाँको गण्डक अस्पताललाई नारायणी अस्थायी कोभिड अस्पतालका रूपमा परिणत गरिएको हो। अब त्यहाँ ९ संक्रमित बाँकी रहेको अस्पतालले जनाएको छ।