नेपालमा १ हजार ४२ जना संक्रमित, मृत्यु हुनेको संख्या पाँच पुग्यो,१ सय ८७ जना निको भए

काठमाडौँ । कोरोना संक्रमणबाट संक्रमितको संख्या आजसम्म १ हजार ४२ पुगेको छ ।

जसमध्ये प्रदेश नम्बर १ मा १ सय २७ संक्रमित देखिएका छन् । त्यसैगरी प्रदेश २ मा संक्रमितको संख्या ४ सय १७ पुगेको छ भने बागमती प्रदेशमा जम्मा ४४ जना संक्रमित देखिएका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुगेको छ भने प्रदेश पाँचमा मात्रै ३ सय ६९ जना संक्रमित भएका छन् । कर्णाली प्रदेशमा संक्रमितको संख्य ४७ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा २१ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ५१ जिल्लामा संक्रमित फेला परेका छन् । भने अहिलेसम्म कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । पछिल्लो मृत्यु हुने ललितपुरमा महानगरपालिकाको बुङमतीका ५१ वर्षीय पुरुष छन् । जसमध्ये १ सय ८७ जना निको भएर घर फर्किएका छन् ।