२ हजार २ सय झोलुंगे पुल निर्माणका लागि ५ अर्ब विनियोजन

Mohan Bastola

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताउनु भएको हो । चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुआतमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि उहाँले गर्नुभएको छ ।
त्यस्तै सरकारले देशभर एक सय ३० औद्योगिक ग्राम बनाउन २ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।
त्यसैगरी बजेटमा २ हजार २ सय झोलुंगे पुल निर्माणका लागि ५ अर्ब विनियोजन गरिएको छख ।