१४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट प्रस्तुत

Mohan Bastola

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभयो ।  कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुने छ।

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने छ। साथै बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।