बाजुरामा कोरोनाबाट बालिकाको मृत्यु, आमामा पनि संक्रमण

maitrinews

 

बाजुरा । बाजुरामा कोरोना संक्रमण भएर एक जना बालिकाको उपचारकै क्रममा आइतबार मृत्यु भएको छ।
केही समयअघि मात्र भारतबाट नेपाल फर्किएका ती बालिका र उनकी आमा क्वारेन्टिनमा बसेका थिए। उनकी आमालाई पनि संक्रमण पुष्टि भएको छ।

क्वारेन्टिनमा रहेकै बेला बालिकालाई गाह्रो भएपछि बाजुरामा रहेको अस्पतालमा उपचार गरिएको थियो।

उपचारकै क्रममा मृत्यु भएकी २ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो। २ वर्षे बालिकामा कोरोना पुष्टि भएको छ’, कार्कीले भन्नुभयो, ‘उनकी आमालाई पनि कोरोना संक्रमण देखिएको छ।’