ट्रकमा गाडी ठोक्किँदा ११ जनाको मृत्यु, २२ जना घाइते

maitrinews

 

बाँके । बाँकेमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी(२ स्थित ठुरिया जंगलमा गए राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेको हो।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको हो।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई भेरी अस्पताल लगिएको छ। शव पनि त्यही अस्पतालको शव गृहमा राखिएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको हाइसमा भारतका विभिन्न सहरबाट फर्किएका ३३ जना सवार थिए। उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर घर पठाइँदै गर्दा गाडी दुर्घटनामा परेको हो।