क्रिएशन र कोका—कोलाद्वारा राहत वितरण

maitrinews

 

काठमाडौं । क्रिएशन नेपालले द कोका—कोला फाउन्डेशनको सहयोगमा आयोजना गरेको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरुमा सफलतापूर्वक दोस्रो हप्ताको राहत वितरण सम्पन्न भएको छ ।
उक्त टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट र राशन प्याकेजहरु वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाईकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सबीन प्रधानको उपस्थीतिमा वितरण गरिएको थियो । सोही दिन काठमाडौंमा राष्ट्रिय सभा गृहमा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको उपस्थीतिमा दोस्रो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनहरुमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानिलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुट सहित २५२ भन्दा बढि राशन प्याकेजहरु र १७५ रक्षात्मक सामग्रीहरु प्रदान गरएको छ । यी वितरण कार्यक्रमहरु हाम्रा पार्टनरहरु वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरुको सहयोगमा सफलतापूर्वक संचालन भइसकेका छन् ।
सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो जसमार्फत हालसम्म ११०० भन्दा बढि सफाईकर्मीहरु राशन प्याकेजहरु र रक्षात्मक सामग्री साथ—साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् । यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको थियो । यो परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मदत पुराउने छ ।
यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भन्नुभयो, “यो कोभिड—१९ महामारीको वर्तमान अवस्थामा समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाईकर्मीहरुको योगदानलाई महसुस गर्न महत्वपूर्ण छ । उनीहरुले सामना गरिरहेको चुनौति र कठिनाइहरुका बाबजुद, उनीहरुले आफ्नो काम जारी राखिरहेका छन् । उनीहरु पनि अन्य व्यवसायी —डाक्टर र सुरक्षा गार्डहरु जस्तै समान रुपमा अग्रपंतिमा छन् र उनीहरुलाई आभार प्रकट गर्नु महत्वपूर्ण छ । द कोका—कोला फाउन्डेशनको सहयोगमा हाम्रो यो पहल हाम्रा सफाईकर्मीहरुको सेवाप्रति कृत्रिज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास हो । हाम्री आशा गर्दछौं कि हामीले हाम्रो प्रतिक्रियाको माध्यमबाट उनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्दछौं ।”
कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामी सबै अग्रपंतिका शाहसी सफाईकर्मीहरुलाई हार्दिक आभार प्रकट गर्दछौं । हामी सबै सफाईकर्मीहरुको साथमा छौं र क्रिएशनसंगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाईकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्दछौं ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक र बोटलर्स नेपाल तराई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले भन्नुभयो, “हामी राष्ट्रको रुपमा अझ मजबुत भएर निस्कनेछौं भन्ने सुनिश्चित गर्न यो चालू परिस्थितिमा हामी सबैको सहयोग र योगदान आवश्यक छ । यो परियोजना वर्तमान स्वास्थ्य संकटको बाबजुद अग्रपंतिमा रहेका सफाईकर्मीहरुलाई सहयोग गर्ने महत्वपूर्ण प्रतिक्रिया हो । हामी हाम्रो मानिसहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध छौं र नेपालभरका समुदायहरुलाई निरन्तर सहयोग गर्नेछौं ।”