प्रदेश २ मा आजै थपिए १२० कोरोना संक्रमित

maitrinews

 

काठमाडौ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित भेटिएका छन्।

मंगलबार १२० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

उनका अनुसार रौतहटका मात्रै ७४ जना नयाँ संक्रमित छन्। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ।

झाले कुन जिल्लाका कति संक्रमित छन् भन्ने छुट्याउने काम भइरहेको बताए।