गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाव्दारा नवौँ पटक राहत वितरण

maitrinews

 

न्युयोर्क, अमेरिका । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले निःशुल्क शुद्व तरकारीहरु, फलफूल र मास्क वितरण कार्यक्रम नवौँ पटक सम्पन्न गरेको छ।

सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि(फाए बिइन सँग सहकार्य गर्दै वहाँ ले यसै फाउण्डेशन लाई १० बक्स हरियो साग सब्जी प्रत्येक बक्समा २० पाउण्ड गरी जम्मा २०० पाउण्ड र ५० बक्स शुद्व तरकारीहरु प्रतेक बक्समा १० पाउण्ड गरी जम्मा ५०० पाउण्ड सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र नेपाली लगाएत सबै समुदायका मानिस हरु गरी ८५ जनालाई वितरण गरेको यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भयो। सन्निसाईड,४८ स्ट्रिट मा अवस्थित सहदेव खडका को ग्रिन तारा ग्रोसरि स्टोर अगाडी बाट लाईन अनुसार सामाजिक दुरी मा क्रमशस् प्रथमतः का आधारमा वितरण गरिएको थियो।

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, स्वयंसेवकहरू क्रमशः नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा, कुन्जन पौंडेल लगायत खटिनु भएको थियो।

यसै कार्यक्रममा फाउण्डेशन का केन्द्रीय सदस्य विनोद थापा, एन।आर।एन।ए।आईसीसी सदस्य प्रमोद सिटौला,नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदम गुरुङ, वरिष्ठ गायिका सपनाश्री लगायत अरु समुदाय का प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि फाए बिइन, सहदेव खडका र सन्निसाईड निवासी टंक खडकालाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गरेको छ ।