भारतबाट दुई लाखभन्दा धेरै भित्रिएपछि कोरोनाको उच्च जोखिम

maitrinews

 

काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढेको छ । भारतबाट आउनेको संख्या बढ्न थालेपछि गाउँगाउँका क्वारेन्टाइन भरिन थाले। आएकालाई क्वारेन्टाइन राखेर परीक्षण गर्दा केही समय यता कोरोना संक्रमितको ग्राफ लगातार उकालो लागिरहेको छ। देशभर सवा दुई लाख मानिसहरु क्वारेन्टाइनमा छन्। त्यसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइनमा सुदुरपश्चिममा छन्। सुदूर पश्चिममा ६० हजार भन्दा धेरै मानिस क्वारेन्टाइनमा छन्। यी सबैजना भारतबाट आएका हुन्।

प्रदेश ५ र कर्णालीमा पनि क्वारेन्टाइन बस्नेको संख्या उच्च छ। भारतबाट आएर क्वारेन्टाइन बस्नेको संख्या उच्च भएकोबाटै थाहा पाउन सकिन्छ सुदुरपश्चिममा कोरोनाको जोखिम उच्च छ भन्ने। सुदूर पश्चिम सरकारका अनुसार दुई लाख बढी मानिस वैध तथा अवैध बाटो हुँदै नेपाल भित्रिए। क्वारेन्टाइन बस्नेको संख्या उच्च भए पनि प्रदेशभर भएको एउटै प्रयोगशालाले पनि अहिले स्वाब संकलन नगर्न निर्देशन दिइसकेको छ।

भारतबाट दैनिक हजारौं मानिसहरु आउँदा जम्मा २५० जनाको मात्र दैनिक परीक्षण गर्ने क्षमता भएको ल्याबबाहेक अर्को विकल्प छैन्, सुदूर पश्चिममा। विभिन्न ठाउँबाट आएका नमूना परीक्षणको चाङ लाग्दा परीक्षणका लागि पालो कुर्नुपर्ने भएकाले अहिले संकलन नै रोकिएको हो। निर्देशनालयले २३ गते विज्ञप्ति जारी गरेर प्रयोगशालको क्षमता कम र स्वाब संकलन धेरै भएकाले रोक्नुपर्ने वाध्यता भएको बताएको छ