कान्छीबजारमा ५ जनाको हत्या

maitrinews

रुपन्देही । रुपन्देहीको तिलोत्तमा(१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ। कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएका छन् । मृतकहरु को को हुन् भन्ने खुलेको छैन।

ुगोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ आउँदै छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताउनुभयो ।