रंगभेद र जातीय विभेद अन्त्य गर्न ऐक्यबद्धता

 

न्युयोर्क । नेप्लिज अमेरिकन समुदायले आयोजना गरेको न्यायपूर्ण एक्यबध्द्ता र्याली न्युयोर्कको ज्याक्सन हाइट्स, डाइभरसिटी प्लाजामा भव्य र सभ्यका साथ सम्पन्न भएको छ।
यस न्यायपूर्ण एक्यबध्द्ता र्यालीमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाएको छ। फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडाको उपस्थिति थियो।
मिनियानापोलिस राज्यमा एक प्रहरीको यातनाका कारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रदर्शन भइरहेका छन।
र्यालीमा हालै नेपालको रुकुममा भएको घटनाको पनि भत्र्सना गरिएको थियो। फाउण्डेशनले पनि रुकुम घटनाको निन्दा गर्दै आएको छ । एक्काइसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग उपल्लो वर्गको नाममा हत्या हिंसा हुनु दुःखद र निन्दनीय छ। फाउण्डेशनले रुकुम घटनाको सत्यतथ्य खोजविन गरी निष्पक्ष छानबिन हुनुपर्ने र दोषिलाई कारवाहीको माग गरेको छ।
अमेरिका र नेपालमा भइरहेको जातीय विभेद विरुद्दको शान्तिपूर्ण प्रदर्शनमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाउने क्रममा न्युयोर्कका सिनेटर जन सि। लियुले आवाहन गरेको “हामी सास फेरौं” भन्ने नाराका साथ पुलिसमा सुधारका लागि भएको सो शान्ति र्यालीमा भाग लिएको थियो।
मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट हामी अमेरिकाबासी अत्यन्तै “दुःखी” भएको र एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्ननसक्नु दुःखद हो, जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन, समस्याको समाधान निकै गाह्रो छ, फाउण्डेशनको वक्तव्य मा भनिएको छ।