पाँच जनाको हत्या गर्ने सिंजाली पक्राउ, हत्या गरेको स्वीकार

Mohan Bastola

रुपन्देही । सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमामा भएको हत्याकाण्डको आरोपमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजाली पक्राउ परेका हुन् । उनले गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या गरेका थिए । उनले हत्या गरेको स्वीकार गरेका छन् ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनले सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या गरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार करण र आशिष फार्मका कामदार होइनन् ।