बालुवाटारमा सरकार विरोधी प्रदर्शन

 

काठमाडौँ । सरकारको विरोधमा बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । बालुबाटारमा पानीको फोहोरा र अश्रुग्यास हानिएको प्रदर्शनकारीले बताए ।
पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाले प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।