लकडाउन खुकुलो भएसँगै पसल खुले, सडकमा सवारी साधन

maitrinews

काठमाडौँ । राजधानीका पसल खुलेका छन् । सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै राजधानीको सडकमा चहलपहल पनि बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसलहरु सञ्चालन गर्न दिने तथा जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने निर्णय गरेसँगै चहलपहल बढेको छ ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न गत चैत ११ गते लागू गरिएको लकडाउनका कारण मारमा परेका व्यापारीहरु सरकारको निर्णयबाट निकै खुसी देखिन्थे । आयआर्जनको स्रोत नै ठप्प भएको बेला पसल खोल्न पाउँदा उनीहरुको हर्षित थिए । धेरै स्थानहरुमा सामाजिक दुरीको उपायहरु कायम गरेको पनि देख्न सकिन्थ्यो ।

यता सडकमा पनि सवारीहरु उल्लेख्य रुपमा निस्किएका छन् । जसले गर्दा केही स्थानमा जाम नै परेको छ ।