कोरोना महामारीमा एनसीएचएलको सहयोग

 

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग गर्न रु २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कमिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पु¥याएको छ ।

कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रस्रयदिने उद्देश्यका साथ एनसीएचएलले ल्ऋज्ी(भ्ऋऋ, ल्ऋज्ी(क्ष्एक्, अयललभअतक्ष्एक्, ल्एक्ष्र अयललभअतच्त्न्क् सेवाहरु प्रवाह गर्दै आएको मालकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ। यसरी कारोबार शुल्कमिनाहाबाट एनसीएचएलले रु २३,४०९,२४३ रुपैँयाभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । अयललभअतक्ष्एक् प्रणालीमा ”म्यलबतभँयच ऋबगकभ”का रुपमा समावेश गरी सोबाटहालसम्म“नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”कालागि रु ४,०१९,४४८ रुपैँया संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा रु १७लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१लाख सहयोग प्रदान गरेको छ ।

सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकैप्रभावितछन्रयस्तोअवस्थामाकारोबार शुल्क मात्र आमदानीको मुख्यश्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदानगर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरुलागू र संचालनगर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।