थाइल्यान्डमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय

maitrinews

 

बैंकक । थाइल्यान्डको एउटा अदालतले मानिसहरूलाई ठगेको आरोपमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय सुनाएको छ।

गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत्‌ पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था शुरू गर्‍यो।

थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरे।

तर पछि कम्पनीले माग पूरा गर्न नसक्ने भन्दै रेष्टुराँ बन्द गर्‍यो।

सयौँ मानिसले उजुरी गरेको आधारमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे।

थाई पीबीएसका अनुसार कम्पनीले भौचर खरिद गरेका ग्राहकहरूलाई पैसा फिर्ता गर्ने प्रस्ताव गर्‍यो ( ८१८ मध्ये उजुरी गरेका ३७५ जनाले रकम फिर्ता पाए।

त्यसपछि ठगीको आरोपमा बाँकी सयौँले कम्पनी र त्यसका सहसञ्चालकहरूविरुद्ध उजुरी दिए।

गलत सन्देशमार्फत्‌ मानिसहरूलाई ठगेको आरोपमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे।

७२३ जनालाई ठगेको अभियोगमा बुधवार उनीहरू दोषी ठहर भए र अदालतबाट जनही १,१४६ वर्ष जेलसजाय पाए।

गल्ती स्वीकार गरेपछि उनीहरूको सजाय आधाले घटाएर ७२३ वर्ष पारियो। तर उनीहरूले बढीमा २० वर्ष जेलसजाय काट्नुपर्ने हुन्छ।

उनीहरूको कम्पनीलाई १८ लाख भाट जरिवाना तिर्न अदालतले आदेश दिएको छ र सहसञ्चालक तथा कम्पनीलाई क्षतिपूर्ति स्वरूप पीडितहरूलाई २५ लाख भाट तिर्न पनि आदेश गरिएको छ।