सुश्री दावा शेर्पाव्दारा विपन्नलाई सहयोग,सहयोगका लागि आभार व्यक्त

maitrinews

 

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाकी केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाले कोरोना भाईरसको कहरले नेपाली जनजीवनमापर्न गएको बिषम परिस्थितिलाई मध्यनजर गरी भोटखोला गा। पा।, खाँदबारी नगरपालिका लगायत वरिपरि कार्यपालिकाका ६३ जना अति बिपन्न एकछाक हातमुख जोर्न नसकेका दीन दुःखीहरूलाई ३० किलोको १,१ बोरा चामल सहयोग स्वरुप प्रदान गर्नुभएको छ । शुक्रबारको ६३ बोरा चामल वितरण कार्य सम्पन्न भयो। यस राहत वितरण कार्यमा खटनेहरु नारायण कुमार श्रेष्ठ, उमङ्ग लामा र जेन्जेन भोटे हुनुहुन्थ्यो ।

सहयोग उपलब्ध गराउनु हुने सहयोगी हात र मनकारी सुश्री दावा शेर्पालाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका परिवार धन्यवाद एवं हार्दिक आभार प्रकट गरेको छ ।