आज ऐतिहासिक दिन, अब लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्शामा

Mohan Bastola

काठमाडौँ । संघीय संसदमा रहेका २ सय ७५ मध्ये आजको बैठकमा उपस्थित २ सय ५८ सांसद मध्ये २ सय ५८ जनाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्नुभएको छ । उहाँहरुले मतदान गरेसँगै लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाबाट सर्वसम्मत अनुमोदन भएको छ ।

यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो । विपक्षमा मतदान गर्नेको संख्या ० रहेको छ ।