पर्वतमा पहिरो जाँदा ५ को मृत्यु, ४ जना बेपत्ता

maitrinews

 

कुश्मा । पर्वतको कुश्मा नगरपालिका(३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

शनिबार रातिसम्म ३ जनाको मात्रै शव प्राप्त भएकोमा आइतबार बिहान थप २ जनाको शव भेटिएको स्थानीय गणेश गुरुङले जानकारी दिए।

उनका अनुसार पहिरोमा हराइरहेकी ७ वर्षीया प्रमिशा विकको शव पुरिएको अवस्थामा भर्खरै भेटिएको हो। यसअघि उनकी आमा कमला विकको शव फेला परिसकेको छ।

यसअघि पहिरोमा पुरिएर मृत्यु भएका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी विविशाको शव भेटिएको थियो।

पहिरोमा पुरिएर चार जना अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको उद्धारमा खटिएका गुरुङले बताए। उनले भने( जिउँदो भेटिने त कुनै सम्भावना नै छैन।

धेरै वर्ष पहिले गाउँमाथि मोटरबाटो बनाउँदा फालिएको माटोसहितको पहिरो आउँदा यो विपत्ति आइलागेको हो। पहिरोले गाउँका अन्य घरहरु पनि खतरामा परेका छन्।