होन्डुरसका राष्ट्रपतिलाई कोरोना संक्रमण

maitrinews

 

होन्डुरस । होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेच कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ ।
टेलिभिजन सम्बोधन गर्दै हर्नानडेचले भन्नुभयो,ु राष्ट्रपतिका रुपमा र जिम्मेवार नागरिकको हैसियतले म यो जानकारी दिन चाहन्छु कि केहीदिन अघि मेरो स्वास्थ्यमा समस्या देखिन थालेको थियो। परीक्षण गराउँदा ममा कोरोना पोजेटिभ देखिएको छ।ु

संक्रमण पुष्टि भएसँगै हर्नानडेच हाल आराम गरिरहनुभएको छ। चिकित्सकको सल्लाह बमोजिम आफ्ना सहयोगीहरुसँग भौतिक दूरी बनाउँदै सरसल्लाह गरिरहनुभएको छ ।

होन्डुसरमा हालसम्म ९ हजार ६ सय भन्दा बढी कोरोना संक्रमित पहिचान भएका छन्। यस्तै, ३३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।