संस्कृति इन्टरनेशनल स्कुलद्वारा दया फाउन्डेशनसँग सहकार्य

maitrinews

काठमाडौं । नेपालमा प्रगतिशील आधुनिक शैक्षिक प्रणाली प्रदान गर्न लागि परेको संस्कृति इन्टरनेशनल स्कुलले सामुदायिक विद्यालयका शिक्षहरुलाई प्रशिक्षण दिन दया फाउन्डेशनसंग साझेदारी गरेको छ । यस महामारीको अवस्थामा सरकारी विद्यालयका शिक्षकहरुलाई अनलाईन कक्षा संचालन गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ संस्कृति स्कुलले दया फाउउन्डेशनलाई सार्वजनिक विद्यालयका शिक्षकहरुलाई ५ दिने अनलार्ईन प्रशिक्षण दिन सहयोग गरेको छ । संस्कृति स्कुलका शिक्षकहरुबाट सिक्न पाउँदा शिक्षकहरु निकै उत्साहित थिए र कसरी उचित उपकरणको प्रयोग गरेर अनलाईन कक्षा संचालन गर्ने सम्बन्धमा जूम अनलाईन प्रशिक्षण सत्रद्वारा मन्त्रमुग्ध भए । यो प्रशिक्षणले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई अनलाईन शिक्षाबारे बुझ्न र आफै कक्षाहरु शुरु गर्न सक्ने विश्वास दिलाउन मद्दत पुर्यायो । यो तालिम निकै उपयोगी र प्रभावशाली पाइयो किनभने सार्वजनिक विद्यालयका शिक्षकहरुका लागि यो प्रशिक्षण समयको आवश्यकता हो ।
दया फाउन्डेशनकी शिक्षा प्रमुख तथा पाँच दिने शिक्षक अनलाईन प्रशिक्षणकी संयोजक मीखा माथेमाले भन्नुभयो, “यतिबेला विश्व नै कोभिड—१९ को चपेटामा छ र नेपालमा यसको फैलावट कम गर्न सरकारले लकडाउन लगाएसंगै शिक्षा क्षेत्र पनि अन्य क्षेत्र जत्तिकै प्रभावित भएको छ । धेरै निजी विद्यालयहरुले भर्चुअल प्लायटफर्महरु प्रयोग गरि घरमै सुरक्षित तरिकाले आफ्ना विद्यार्थीहरुलाई पठनपाठन जारी राख्ने समाधान फेला पारेका छन् तर आधुनिक प्रविधिको एक्सपोजर नपाएका सार्वजनिक विद्यालयहरुले कठिनाइको सामना गरिरहेका छन् । यो समस्यालाई कम गर्न हामीले शिक्षकहरुका लागि ५ दिने अनलाईन तालिम ल्याएका थियौं र हाम्रो यस यात्रामा संस्कृति स्कुल र शिक्षा विकास निर्देशालयको सहयोगले ठुलो सफलतामा परिणत भयोे ।”
शिक्षा विकास निर्देशालयका कार्यवाहक निर्देशक चन्द्र प्रसाद लुईटेलले भन्नुभयो, “हामी सार्वजनिक र निजी विद्यालयबीचको असमानतालाई अन्त्य गर्न सधैं काम गरिरहेका छौं ताकि प्रत्येक बच्चाले आफ्नो भविष्य निर्धारण गर्न गुणस्तरीय शिक्षा हासिल गर्न सक्दछन् । यो महामारीको अवस्थाले हामी सबैका लागि थुप्रै चुनौतीहरु ल्याएको छ तर यसले हामीलाई आधुनिक प्रविधिको प्रयोग गरेर यस असमानतालाई अन्त्य गर्ने अवसर पनि प्रदान गरेको छ । दया फाउन्डेशन र संस्कृति स्कुलले यस अवधारणा ल्याएर सार्वजनिक विद्यालयका शिक्षकहरुलाई सुरक्षित वातावरणमा विद्यालय पुनःशुरु गर्न सहयोग पुर्याएकोमा म आभारी छु ।”
संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक तथा पाँच दिने शिक्षक अनलाईन तालिमकी प्रमुख प्रशिक्षक दिप्ती आचार्यले भन्नुभयो, “हामी सार्वजनिक विद्यालयलाई भर्चुअल कक्षा संचालन गर्न मात्र नभएर आकर्षक तरिकालले बालबालिकाहरुलाई धेरै सिक्ने बनाउन र अनलाईन कक्षाहरु संचालन गरिरहेका निजी विद्यालय जाने विद्यार्थीहरु जत्तिकै फाइदा उठाउन मद्दत गर्दै शिक्षकहरुलाई प्रोत्साहन गर्ने यस पहलको हिस्सा बन्न पाउँदा निकै खुशी छौं । यो सार्वजनिक विद्यालयको शिक्षकहरुका लागि पहिलो प्रशिक्षण थियो जसले ठुलो सफलता पायो । हामी यसलाई निकट भविष्यमा पनि निरन्तरता दिनेछौं र मलाई आशा छ कि हामी अधिक सरकारी विद्यालयका शिक्षकहरु सम्म पुग्न सक्षम हुनेछौं ।”
दया फाउन्डेशनको बारेमा
दया फाउन्डेशन अझ राम्रो समुदाय निर्माण गर्ने एक व्यक्तिको सपनाबाट संचालित एउटा सानो पहल हो । यो दयाराम भक्त माथेमाको दर्शनबाट चलिरहेको छ जसले हामीलाई हाम्रो समुदायको सेवा गर्न उद्देश्य प्रदान गरेको छ र शैक्षिक, स्वास्थ्य र सांस्कृतिकमा समर्थन गर्न र पहलहरु प्रदान गर्न कटिबद्ध छ । यसले पहिले नै जीवनशैली सुधारका लागि काम गरिरहेको पार्टनरहरु र एजेन्सीहरुसँग साझेदारी गर्न विश्वास राख्दछ ।

संस्कृति इन्टरनेशनल स्कुलको बारेमा
संस्कृति इन्टरनेशनल स्कुल स्वायत्त निजी संस्था हो जुन नेपालको परम्परागत शैक्षिक
प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न समर्पित रहेको छ । यसको
उद्देश्य भनेको द्रुत गतिमा परिर्वतन भइरहेको विश्कमा केही भिन्न गर्न प्रयासरत असाधारण
सञ्जालको हिस्सा भएका महिला र पुरुषमा नेतृत्वदयी गुण र अखण्डता विकास गर्नु हो ।
संस्कृति इन्टरनेशनल स्कुलले बालबालिका केन्द्रित अध्ययन र उनीहरुको सर्वांगीण
विकासलाई महत्व दिदैँ शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।