गिरिजाप्रसाद कोइराला फाउण्डेशनव्दारा ११औँ पटक राहत वितरण

maitrinews

 

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क शुद्व तरकारीहरुको वितरण कार्यक्रम ११ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ।

सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमिफाए बिइनसँग सहकार्य गरी निशुल्क वितरण गरियो। वहाँले यसै फाउण्डेशन लाई २९ बक्स ३० पाउण्डको प्रत्येक बक्स, जम्मा ८७० पाउण्ड शुद्व तरकारीहरु र स्याउ सहयोग स्वरुप प्रधान गर्नु भएको थियो । १०० जना नेपाली लगाएत सबै समुदायका मानिस हरुलाई वितरण गरेको जानकारी फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो।
फाउण्डेशनकै कार्यालय ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क० अगाडी बाट प्रथमतः का आधार मा लाईन अनुसार सामाजिक दुरी मा क्रमशः वितरण गरिएको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, युएनआई ग्लोबल युनियन नेपालकि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त खटिनु भएको थियो।

यसै कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, रुपान्तरण मेडियाका संचालक आकुर लुईटेल हरुको उपस्थिति रहेको थीयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि फाए बिइनप्रति सहयोगका लागि धन्यवाद एवम् हार्दिक आभार प्रकट गरेको छ ।