हिल्सामा पनि स्थापना भयो सीमा सुरक्षा चौकी

maitrinews

 

सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बीओपी स्थापना गरिएको छ ।
देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलोपटक सीमा सुरक्षा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रजाभक्त श्रेष्ठले जानकारी दिनुुभयो । उहाँले एक औपचारिक कार्यक्रमबीच सीमा चौकीको उद्घाटन गर्नुभयो ।
सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु बीओपीको पहिलो प्राथमिकता हुनेछ । त्योसँंगै अब चौकीले दुई देशविरुद्ध हुने गतिविधिको निगरानी राख्नेछ ।