खण्डग्रास सूर्यग्रहण लाग्यो, अब यस्तो ग्रहण ४४ वर्षपछि

maitrinews

 

काठमाडौँ । आज काठमाडौँबाट सूर्यग्रहण देखिएको छ। बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण शुरू भएको हो । मध्याह्न १२ः३८ बजे मध्य र दिउँसो २ः२३ बजे ग्रहणले मोक्ष भएको छ । य्रस्तो ग्रहण अब ४४ वर्षपछि लाग्नेछ ।
काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ भएको बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९३ प्रतिशत सूर्यग्रहण लाग्यो । त्यसैगरी काठमाडौँ र जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको थियो