नेकपा बैठकले तय गर्यो सातबुँदे एजेण्डा

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे पाँचौ स्थायी कमिटिको आजको बैठकले सातवटा मुख्य कार्यसूची तय गरेको छ ।

आजको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य दिनुभएपछि पर्सि फेरि बस्ने गरी बैठक स्थगित भएको हो । अध्यक्षद्वयको धारणा, प्रतिवेदन र एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय आवश्यक परेको कारण बैठक पर्सिसम्म स्थगित भएको हो । स्थायी कमिटी बैठकको पहिलो एजण्डा अध्यक्षद्वय ओली र प्रचण्डको मन्तब्य रहेको थियो । बैठकमा अध्यक्षद्वयले बर्तमान परिस्थिति र चाल्नुपर्ने कदमको बारेमा आफ्नो धारणा राख्नुभएको नेताहरुले बताएका छन ।

कार्यसूचीमा अमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, कोरोना, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा,रूकुम घटनाको समिक्षा,नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ता लगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बताउनुभयो