गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाव्दारा निःशुल्क खाधन्न वितरण

maitrinews

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले निस्शुल्क शुध्द खाधान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।
क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लिसँग सहकार्य गरी निःशुल्क खाद्यान्न वितरण गरिएको हो। वहाँले यसै फाउण्डेशन लाई १०० बक्स २० पाउण्डको प्रतेक बक्स, जम्मा २००० पाउण्ड ग्रोसरी सहयोग स्वरुप प्रदान गर्नु भएको थियो । क्वीन्स डेमोक्र्याट नेत्री याना हेनरिक्वेजवाट १ लिटर को माउन्टेन डिउ पेय पदार्थ १२० वटा बोत्तल र १० बक्स २० पाउण्डको प्रतेक बक्स,जम्मा २०० पाउण्ड गरी जम्मा खाधन्न २२०० पाउण्ड, लगभग २०० जना नेपाली लगाएत सबै समुदायका मानिस हरुलाई वितरण गरेको जानकारी फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो।
फाउण्डेशनकै कार्यालय अगाडिबाट प्रथमतः का आधारमा लाईन अनुसार सामाजिक दुरीमा क्रमशः वितरण गरिएको थियो ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, युएन।ई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त खटिनु भएको थियो भने रेखा श्रेष्ठ, नविना श्रेष्ठ, कल्पना दाहाल, भावना सीमखडा, ईन्डीयन कम्युनिटीवाट सत्नाम लाल सिहं लगायत स्वयमसेवी रुपमा सहयोग गरेका थिए।

यसै कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य राम चन्द्र अधिकारी, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, आदिवासी जनजाति महासघं अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, पुष्कर बराल, रूपान्तरण मेडियाका सञ्चालक आकुर लुइँटेल, नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदि, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका(न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, एन आर एन अमेरिका(न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी लगायतको उपस्थिति रहेको थियो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले सहयोगका लागि क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि र याना हेनरिक्वेजलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेको छ ।