बालबालिकालाई झाडापखाला रोक्न खोप दिँइदै

maitrinews

 

काठमाडौँ । सरकारले पहिलोपटक बालबालिकालाई झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बालबालिकालाई झाडापखालाविरुद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।

बालबालिकालाई खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतम अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ । यो खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई दिनेछन् ।

उहाँका अनुसार झाडापखालाबाट वर्षेनि बालबालिकाको ज्यान जाने गरेकाले त्यसलाई रोक्न खोप दिन थालिएको बताउनुभयो । उहाँका अनुसार बर्सेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको ज्यान हुने गरेको छ ।

बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । उहाँका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ । यो खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाउने छन् ।

अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बच्चाबाट यो खोपको शुरुआत गरिने शाखाका प्रमुख डा। गौतमले बताउनुभयो । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।