इथियोपियामा ११४ वर्षीय वृद्धले कोरोना जिते

maitrinews

 

इथियोपिया । ११४ वर्षीय इथियोपियाली वयोवृद्ध कोभिड १९ बाट चामत्कारिक रूपमा निको भएको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्।

अबा तिलाहुन वोल्डेमिकाइलको परिवारका अनुसार उनी ११४ वर्षका छन्। त्यसको अर्थ उनी विश्वकै सबैभन्दा वयोवृद्ध व्यक्ति हुनसक्छन्, तर त्यसलाई पुष्टि गर्न जन्मदर्ताको प्रमाणपत्र छैन।

असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्ने बताइन्छ।

यी शताब्दी पुरुषलाई अहिले घरमै नातिले हेर्दै आएका छन्।

छिमेकमा पर्ने राजधानी आदिस अबाबामा पहिल्यै निर्धारण नगरिएको जाँचका क्रममा अबा तिलाहुनमा कोरोनाभाइरस फेला पर्‍यो।
लक्षण देखिनुभन्दा पहिल्यै अबा तिलाहुनलाई अस्पताल भर्ना गरिएको थियो।

तसर्थ चिकित्सकहरूले उनको राम्ररी उपचार गर्न सके अनि नजिकबाट उनको अवस्थालाई नियाल्न सके।

डा। हिलुफका अनुसार एका कोतेबे अस्पतालको कोरोनाभाइरस वार्डमा राखिएको चार दिनभित्र अबा तिलाहुनको स्वास्थ्य अवस्था खस्कियो र भाइरसले उनलाई कमजोर बनाइदियो। त्यसपछि उनलाई अक्सिजन दिन थालियो।
चौध दिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरियो। उनलाई निको भएर घर फर्काइयो ।