म प्रधानमन्त्रीको पदबाट हटे भने नेपालका पक्षमा बोल्ने आँट कसैले गर्दैन : ओली

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री हटाउनुपर्दछ भन्ने बहस शुरु भएको बताउनुभएको छ । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो,‘ हप्ता १५ दिनमा केपी ओलीको सरकार ढल्दैछ भन्दै प्रचार हुने गरेको छ । १ ४६ बर्षदेखि उपभोग गरेको नेपालको जमिन ५८ बर्षदेखि खोसिएको छ त्यो फिर्ता ल्याएरै छोडछौ भनेर गुमेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि बाहिर बहस चल्या छ , पहिला केपी ओलीलाई नहटाइ हुँदैन, भारतका मिडिया सुन्नु भएको होला । कस्तो सक्रिय छ ’

कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हटे भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन ।’

उहाँले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीको पदमा रहिरहन आवश्य भएको बताउनुभयो । नक्सा छापेवापत कसैले हटाउँछु भनेर नसोचे हुन्छ प्रधानमन्त्रीले भन्नुभयो,‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस्।’

सम्बोधनमा प्रधानमन्त्रीले नेपालको नयाँ नक्सा भुलचुकले नछापिएको बताउनुहुँदै आफनो जमिन फिर्ता नलिइकन नछोडने अठोट व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीले नेपालको राजनीतिमा पुरयाउनु भएको योगदानको चर्चा गर्नुहुँदै भन्नुभयो,‘ ईमानसहितको उहाँका विचारलाई हामीले अनुसरण गर्न सक्यौ भने हामीलाई फाइदा हुन्छ ।’