कपिलवस्तुमा देखियो ठूलो संख्यामा सलह

maitrinews

 

कपिलवस्तु । कपिलवस्तुमा सलहको अर्को नयाँ झुण्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवैदीका अनुसार लाखौंको संख्यामा रहेको उक्त झुण्ड बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको छ ।

‘भारतको पूर्वतिर जाँदै गर्दा सलहको झुण्ड केही नेपालको बोर्डरमा झरेको देखिन्छ,’ उनले भने, ‘ठूलो झुण्ड भएपनि ठाउँरठाउँमा छुटिएका छन् । जंगलमा बसेकाले बालीमा क्षति भइसकेको छैन ।’

पानी परिरहेकाले सलहको झुण्ड खेतमा पसेका छैनन् । धनगढीमा पनि सलह देखिएको छ । उक्त झुण्ड पुरानै वा नयाँ भन्नेमा भने एकिन भइसकेको छैन । ‘धनगढीमा आजै गएको हो भने नयाँ हो । हिजो गएको भए पुरानो हो,’ सुबेदीले भने, ‘त्यसको अध्ययन गरिरहेका छौं ।’