लकडाउन साउन ७ सम्म लम्बियो

maitrinews

 

काठमाडौं । मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३२ देखि खुकुलो बनाइएको लकडाउनलाई थप कडाइ गर्ने निर्णय भएको एक मन्त्रीले बताउनुभयो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइने निर्णय भएको हो । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।