काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

maitrinews

 

काठमाडौँ । प्रतिनिधिसभाका सांसद ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ । सांसद छन्त्यालको काठमाडौँको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा आज निधन भएको हो ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीय छन्त्याल काठमाडौँस्थित गङ्गालाल हृदय केन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । छन्त्याल काँग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित सभासदसमेत हुनुहुन्थ्यो ।