संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थवीरको निधन

maitrinews

काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्यातिप्राप्त नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व अखिल नेपाल भिक्षु महासंघका संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको ८१ बर्षको उमेरमा निधन भएको छ ।
नेपालका सातौं संघनायक हुनुभएका उहाँलाई थाइलाण्डको दुईवटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्रदान गरिएको थियो । साथै, म्यानमार सरकारले राष्ट्रियस्तरको अग्रमहापण्डित पदबाट सम्मान गरेको थियो । यहाँकै अग्रसरतामा विश्व शान्ति विहार तथा विश्व शान्ति बौद्ध विद्यालय एवम् लुम्बिनी विश्व विद्यालयबाट सम्बन्धन प्राप्त थेरवाद बुद्धिस्ट एकेडेमीको स्थापना भएको हो । उहाँ संघनायक भन्तेको ललितपुरस्थित सुमेरू अस्पतालमा आज विहान ४ः३५ बजे निधन भएको भिक्षु बोधिज्ञानले जानकारी दिनुभयो ।
पाल्पा, तानसेनमा हिरण्य लाल शाक्यका रुपमा वि. सं १९९६ मा जन्मिनु भएका उहाँ लामो समयदुखि मृगौलाको रोगबाट पीडीत हुनुहुन्थ्यो ।
भिक्षु ज्ञानपूर्णिक महास्थविरप्रति अन्तिम श्रद्धाञ्जलिया लागि विहानको १० बजेदेखि नयाँ बानेश्वरस्थित विश्व शान्ति विहारमा राखिएको भिक्षु बोधिज्ञानले बताउनु भएको छ ।
दिवंवत भिक्षु ज्ञानपूर्णिक महास्थविरका धेरै पुस्तकहरु प्रकाशन भएको छ ।