प्रधानमन्त्री ओलीको समर्थनमा मुलुकभर प्रदर्शन र नाराजुलुस

maitrinews

 

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा मुलुकभर प्रदर्शन र नाराजुलुस भएको छ । काठमाडौ, पोखरा,विराटनगर, झापा, बुटबल लगायत विभिन्न सहरमा स्वतस्र्फूत प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले केपी ओलीलाई हटाउन नहुने, पाँच वर्ष उहाँलाई नै सरकार चलाउन दिनुपर्ने माग गरेका छन् । अँध्यारो कोठे बैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै उनीहरूले आपत्ति प्रकट गरे ।
भारतीय विस्तारवादी र भारतीय दलालहरूले प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै यसबाट सचेत हुनुपर्ने बताए ।
उनीहरूले जनमतको कदर गर्न समेत आग्रह गरेका छन् ।
प्रदर्शमा सहभागीहरूले ‘फेर्नुछ चाँदै देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’, ‘आज होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘जब रहन्छ चन्द्र सूर्य डुब्ने छैन हाम्रो स्वाभिमान ,नागरिकता विधेयक पारित गर लगायतका नारा लगाएका थिए ।