गंगालाल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

maitrinews

 

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्ने भएको छ ।

केन्द्रले विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोभिड पोजिटिभ देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले थप निर्णयका लागि कोभिड १९ संक्रमण नियन्त्रण कमिटीसँग छलफलमा रहेको जानकारी दिनुभएको छ ।