प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

maitrinews

 

काठमाडौं । सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक आईजीपी पदमा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो।

बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नुहुने छ ।

हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदै हुनुहुन्छ ।