ब्रजिलका राष्ट्रपति बोलसोनारोमा कोरोना संक्रमित

maitrinews

 

ब्राजिल । ब्रजिलमा कोरोना भाइरस अनियन्त्रित हुँदै गएको छ । पहिलेका तुलनामा कोरोना झन् बढ्दै गएको छ ।

मंगलबारमात्र संक्रमितको संख्या ४८ हजार ५८४ रहेको छ । अहिलेसम्म ब्रजिलमा संक्रमितको संख्या १६ लाख ७४ हजार ६५५ रहेको छ । त्यसैगरी मृतक १ हजार ३१२ थपिएका छन् ।

अहिलेसम्म ज्यान जानेको संख्या ६६ हजार ८६८ पुगेको छ । सोमबार संक्रमितको संख्या २१ हजार ४८६ रहेको थियो भने ६५६ जनाको ज्यान गएको थियो ।

आइतबार २६ हजार २०९ संक्रमित हुँदा ५३६ जनाको ज्यान गएको थियो ।

राष्ट्रपति पनि संक्रमित
ब्रजिलका राष्ट्रपतिलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । राष्ट्रपति जायर बोलसोनारो संक्रमित हुनुभएको छ ।