सिन्धुपाल्चोकमा बाढीले बगाएर २ जनाको मृत्यु, १८ जना बेपत्ता

maitrinews


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। अझै १८ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्।

सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार स्थानीयले दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेको जानकारी दिएका छन्।

‘प्रहरी टोली घटनास्थल जाँदै छ,’ डीएसपी काफ्लेले भन्नुभयो, ‘स्थानीयले जानकारी गराएअनुसार दुई जनाको शव भेटिएको छ, अरु १८ जना बेपत्ता छन्।’
खोलामा एक्कासि बाढी आएपछि सो घटना भएको बताइएको छ ।