दक्षिण चीन सागरबारे बढ्दै चीन–अमेरिका द्वन्द्व

maitrinews

 

चीन । चीनले दक्षिण चीन सागर दाबी गर्नु पूरै गैरकानुनी भएको अमेरिकाले आरोप लगाएको छ।

अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले दक्षिण चीन सागरस्थित विवादित जल क्षेत्र नियन्त्रण गर्ने चीनको आक्रामक अभियान गलत भएको आरोप लगाउनुभयो
चीनले दक्षिण चीन सागरको ठूलो हिस्सा आफ्नो भएको दाबी गर्दै त्यहाँ मानव निर्मित द्वीपमा सैन्य क्याम्प राखेको छ।

तर त्यस द्वीप तथा चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनेई, मेलिसिया र भियनामलेसमेत आफ्नो दाबी पेस गरिरहेका छन्। दक्षिण चीन सागर क्षेत्रको स्वामित्वका विषयमा यी देशबीच सदियौंदेखि विवाद भइरहेको छ। तर पछिल्लो समय यो विवाद अझ बढेको छ।

नाइन–ड्यास–लाइनको नामले परिचित चीनले आफ्नो भएको दाबी गरिरहेको छ। यो दाबीलाई बलियो बनाउन चीनले उक्त क्षेत्रमा कृत्रिम द्वीप बनाएको भने नौसेनाको गस्ती बढाइरहेको छ।
अमेरिकाका विदेशमन्त्री पम्पिओले त्यस क्षेत्रको विवादमा अमेरिकाले कसैको पक्ष नलिने तर भियतनाम, मलेसिया र इन्डोनेसियाअन्तर्गतको जलक्षेत्रमा चीनको दाबीको विरोध गर्ने बताउनुभयो।