विवाद समाधान गर्न जुटे तीन शीर्ष नेता

maitrinews

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको हो।

बुधबार बसेको दुई अध्यक्षबीचको छलफलमा बिहीबार पुनः छलफल गर्ने सहमतिअनुरुप नै आजको बैठक बसेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताउनुभयो ।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको हो।

विवादकै कारण असार १८ गते यता स्थायी समितिको बैठक निरन्तर सर्दै आएको छ। पछिल्लो पटक साउन २ गतेका लागि बैठक तोकिएको भए पनि बस्ने नबस्ने। कुनै टुंगो छैन। आजको तीन नेताबीचको छलफलमा स्थायी कमिटी बैठक र विवाद समाधानको विषयमा छलफल केन्द्रित भएको छ ।