अनलाइन कक्षा बन्द हुँदा लाखौँ विद्यार्थीको पढाइ अन्योलमा, अभिभावक चिन्तित

maitrinews

 

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले बिहीवारदेखि अनलाइनका माध्यमबाट हुँदै आएको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि लाखौँ विद्यार्थीको पढाइ अन्योलमा परेको अभिभावकहरूले बताएका छन्।

निजी विद्यालयले चाहिँ आर्थिक समस्याका कारण विद्यालय चलाउनै नसक्ने अवस्था आएको र सरकारले आफ्ना मागहरू बेवास्ता गरेकालेू यस्तो कदम चाल्नुपरेको बताए।

शिक्षा मन्त्रालयका प्रवक्ताले भने निजी विद्यालयहरूले शिक्षक नै राखेर चलाउने गरेको अनलाइन कक्षा बन्द भए पनि अन्य माध्यमबाट दूरशिक्षा जारी रहेको जानकारी दिएका छन्।

निजी विद्यालयका मागहरू मन्त्रालयबाट मात्र पूरा गर्न नसकिने भएकाले कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समितिमा पठाइएको तर हालसम्म समितिले निर्णय गरिनसकेको अधिकारीहरूको भनाइ छ।

निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र राष्ट्रिय निजी तथा आवाशीय विद्यालय सङ्घ एनप्याब्सनमा आबद्ध विद्यालयहरूले बिहीवारदेखि अनलाइन माध्यमबाट चलाइने कक्षा बन्द गरेका हुन्।

विभिन्न माग राख्दै उनीहरूले यसअघि पनि अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिइसकेका थिए।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले माग पूरा नगरुञ्जेल कक्षा चलाउने अवस्था नरहेको बताउनुभयो ।
सरकारले पटकपटक शुल्क नउठाउनु भनेपछि अहिले विद्यालयहरूले शुल्क उठाउन पाएका छैनन्।ू

ूचैत महिनाको छुट दियौँ तर शुल्क नउठाउँदा र हामीले सहुलियत दरमा ऋण माग गर्दा त्यो पनि नहुने भएपछि कक्षा बन्द गर्नुको विकल्प भएन।ू