सेलपे सेवाद्वारा विजेता घोषणा

maitrinews

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ल्याएको योजनाअन्तर्गत लक्की ड्र मार्फत पुरस्कार जित्नु हुने भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु.२० को कुनै पनि कारोवार जस्तै रिचार्ज, युटिलिटी पेमेन्ट गरे पश्चात एउटा युनिक कोड नं. पाएका थिए र सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एउटा नयाँ उपहार जित्ने मौका पाएका छन् । यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु पाएका थिए ।
सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यद्वारा गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १९६१६८ भएको सुजन कार्की विजेता हुनु भएको छ ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, भ्ःक्ष् भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।