काठमाडौं उपत्यकालगायत मुलुकभरका नेवार समुदायले घन्टाकर्ण गठेमंगल पर्व मनाइदै

maitrinews

काठकाडौं । आज श्रावण कृष्णपक्ष चतुर्दशी अर्थात काठमाडौं उपत्यका लगायत मुलुकभरका नेवार समुदायले घन्टाकर्ण गठे मंगल पर्व मनाउदै छ ।
दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । श्रावण कृष्णपक्ष चतुर्दशीको दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।
त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ । धार्मिक कथन अनुसार धेरै खेतीपाती भएका नेवार समुदायका किसानहरुले कामकाजमा सहजताका लागि घरमा भूत पन्छाएर बाहिर धपाउने दिनको रूपमा यस दिनलाई परापूर्वकाल देखि नै मनाउँदै आएका छन् ।
ऐतिहासिक किंवदन्ती अनुसार एक जना तान्त्रिकले भ्यागुताको रुप धारण गरेर दुवै कानमा घन्टाहरु झुन्डाएर मानिसहरुलाई खादै हिड्ने गरेको राक्षसलाई छल गरेर हिलोमा धसाएर सबैले ढुंगामुडा गरेर मारेको र राक्षसको त्रासबाट मुक्त गरिएको विश्वास गरिन्छ । यहि किंवदन्ती अनसार साँझपख घरघरबाट छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर छ्वालीको मुठालाई बालेर घरभरि घुमाउने चलन रहेको छ ।