संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण

maitrinews

 

यूएई । संयुक्त अरब एमिरेट्सको पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ।

जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटूए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ।
यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो।
सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ। त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ।
यही महिना मङ्गलग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो।

यूएई किन मङ्गल जाँदैछ ?

अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ।

तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा उसले प्रयास गर्दैछ।

यसले चुनौती लिने आँट गर्नुपर्छ भन्ने एमिरेट्सको महत्त्वाकाङ्क्षा देखाउँछ।
अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका छन्।

र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ।
होप बन्न ६ वर्ष लागेको थियो

खासगरी, वैज्ञानिकहरूले मङ्गलग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने बुझाइमा थप जानकारी दिने बताएका छन्।