गुँला पर्व आजबाट सुरु

maitrinews

काठमाडौं । आजदेखि गुँला पर्व शुरु भएको छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना हो । नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो । हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ । गुँलाका अवसरमा बाजागाजा सहित काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहाँबही तथा मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ । विशेष गरी नेवाः समुदायका बौद्धधर्मावलम्बीहरु यस पर्वमा धाः बाजा (गुँला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्छन् गर्ने गर्दछन् । तर यस वर्ष भने कोरोना संक्रमण फैलिन त्रासका कारण गुँला पर्वका अवसरमा गरिने विभिन्न जात्रा पर्वहरु स्थगित गरिएको छ ।