आजदेखि सार्वजनिक यातायात सुचारु
काठमाडौँ । यातायात व्यावसायीहरुले आजदेखि सार्वजनिक यातायातका साधन सुचारु गरेका छन् ।
सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।
काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा सार्वजनिक सवारी साधन गुडेका छन् ।
यसैबिच, सरकारले लकडाउन अन्त्य गरेको बताए पनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ ।
लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।