बालुवाटार पुगेर देउवाले दिए प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति देउवाले कोरोना भाइरसको सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो।

सरकारले लकडाउनको अन्त्य गरेलगत्तै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेट्नु भएको हो ।

लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन सभापति देउवाले सुझाब दिएको कांग्रेसले जनाएको छ।

भेटमा सभापति देउवाले विदेशमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न माग गर्नुभयो । उहाँले पीसीआर विधिबाट मात्रै परीक्षण गर्न र क्वारेन्टिनलाई थप व्यवस्थित गराउन समेत माग गर्नुभयो ।