घ्याल्सुम्दो सेवाव्दारा राहत रकम वितरण

maitrinews

 

न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाव्दारा न्युयोर्कमा रहेका २५ जना कागजपत्र नभएका नेपालीहरुलाई जनही २०० डलरका दरले राहत रकम वितरण गरिएको छ । संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा सो रकम वितरण गरिएको हो ।
१५वर्षअघि नेपालीहरुको हक हितका लागि स्थापना गरिएको र निरन्तर रुपमा नेपालीको हितमा काम गर्दै आएको संस्था अधिकारले अमेरिकी रैज नामक संस्थालाई सिफारिस गरी सो राहत रकम उपलब्ध गराएको हो ।
कार्यक्रममा कोरोना भाइरस पीडित नेपाली समुदाय र नेपाली विद्यार्थीलाई महामारीको प्रवाह नगरीको घर घरमा गई राहत उपलब्ध गराई सेवा गरेकोमा संस्था र संस्थाका कार्यकर्ताहरुको प्रशंसा गरिएको थियो ।
उक्त संस्थाका अध्यक्ष निमा ल्होमोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारकी डाइरेक्टर नर्वदा क्षेत्री रहनुभएको थियो ।
कार्यक्रममा अधिकारव्दारा जनगणानामा नाम छुटेका नेपालीहरुको नाम दर्ता गराउने काम पनि गरिएको थियो ।